पल्टुरामहरुको गर्जन
पल्टुरामहरुको गर्जन

केन्द्रबाट दुर धेरै दुर रैकवार विचवा
सत्ताका ठेकेदारका आँखाबाट ओझेल परेको
नामै अनौठो लाग्ने यो गाउँका झोपडीहरुबाट
आजभोलि पल्टुरामहरु पसिनाले भिजेको
कालो आनुहार धोतीका फेरले पुछ्दै गर्जदैछन
ए लालख्वामितहरु अब हामी
तिम्रा लालसलाम भन्दैनौ
ए गोरा कामरेडहरु अब हाम्रा
वस्तीमा तिम्रा राता झण्डा फरफराउने छैनन
अब हामी कालाका आफ्नै सलाम हुनेछ
तिमीहरुलाई लाई मन नपर्ने कालो सलाम
अब हामी कालाका आफ्नै झण्डा हुनेछ
तिम्रा दिल थर्कमान गर्ने काला झण्डा
अनि तिमीहरुले देखेको यो कालो कुरूप अनुहार
अब आगोको झिल्कोले भरिएको अग्निपुंज हुनेछन
यी झिल्का मेरो रैकवार विचवाबाट
दुर धेरै दुर भनिएको तिम्रा महलसम्म पुग्न बेर लाग्नेछैन
–