तराईमा भएको हत्याबारे संयुक्त राष्ट्रसंघका स्पेशल रयापोर्टरहरुले सरकारलाई लेखेको पत्र (पूर्ण पाठ)

We have received the letter from an informal source, and here is the Nepali Translation.


जून ७, २०१७

महामहिम श्री दीपक धितालज्यू

संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि

गैरन्यायिक वा स्वेच्छाचारी हत्यासम्बन्धी स्पेशल रयापोर्टर, विचार तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी स्पेशल रयापोर्टर, शान्तिपूर्ण भेला हुने तथा सभा सम्मेलन गर्न पाउने अधिकारसम्बन्धी स्पेशल रयापोर्टर तथा अल्पसंख्यक मामिलासम्बन्धी स्पेशल रयापोर्टरको जनादेश (म्यान्डेट) ।

महामहिम,

हामी गैरन्यायिक वा स्वेच्छाचारी हत्यासम्बन्धी स्पेशल रयापोर्टर, विचार तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी स्पेशल रयापोर्टर, शान्तिपूर्ण भेला हुने तथा सभा सम्मेलन गर्न पाउने अधिकारसम्बन्धी स्पेशल रयापोर्टर तथा अल्पसंख्यक मामिलासम्बन्धी स्पेशल रयापोर्टरहरु मानव अधिकार परिषद्का सिफारिशहरु २६/१२, २५/१२, ३२/३२ तथा २५/५ बमोजिम तपाईलाई यो पत्र लेखिरहेका छौं ।

यस सम्बन्धमा हामी महामहिमको सरकारको ध्यान सन् २०१३ देखि २०१७ का बीचमा नेपाली सुरक्षा अधिकारीहरुले जातीय अल्पसंख्यकहरुले गरेको प्रदर्शनमा मारिएका ४० जना र सोही क्रममा घाइते भएका कैयौं व्यक्तिहरुको घटनाका साथै २०१३ देखि २०१७ का बीचमा भएका कैयौं आरोपित गैरन्यायिक हत्या एवं शक्तिको अत्यधिक प्रयोगसम्बन्धी घटनासम्बन्धमा हामीले प्राप्त गरेको जानकारीप्रति ध्यानाकर्षण गराउन चाहन्छौं ।

हामीले प्राप्त गरेको घटनाअनुसारः सन् २००६ मा नेपाल कम्युनिष्ट पार्टी माओवादी र राज्यले एउटा वृहत शान्ति सम्झौतामा हस्ताक्षर गरे जसले १० वर्ष लामो गृहयुद्धलाई अन्त्या गर्यो । सन् २००८ संविधान सभाको निर्वाचन भयो तर त्यसले संविधान निर्माण गर्न सकेन । सन् २०१३ मा संविधानसभाको दोस्रोपटक निर्वाचन भयो तर यो संविधानसभामा पनि  पनि सन् २०१५ को भूकम्पसम्म गतिरोध कायम नै रह्यो । भूकम्पपछि नेपालका मुख्य दलहरुले संविधान फास्ट ट्रयाकमार्फत बनाउने सम्बन्धमा एउटा सम्झौता गरे । तर तराईको दक्षिण क्षेत्रमा बस्ने मधेसी समुदायलगायतका केही समुदायहरुले बनाउन खोजिएको प्रान्तहरुको सिमाङ्कनबारेमा कडा विरोध जनाए । उनीहरुले सम्झौताले पहिले सरकारसँग भएको सम्झौताहरुको उललंघन गर्ने, तिनीहरुको समुदायलाई विभाजन गर्ने र तिनीहरुलाई झन सीमान्तकृत बनाउने दावी गरे । उनीहरुले संसदीय निर्वाचन क्षेत्र निर्धारणसम्बन्धी प्रावधान र महिलालाई उनीहरुको नामबाट सन्तानलाई नागरिकता दिलाउने कुरामा लगाएको प्रतिबन्धको विरोध गरे ।

नेपालको संविधानको निर्माणको अन्तिम हप्तामा, जुनबेला परामर्शको लागि ज्यादै कम समय दिइयो, र २०१५ को सेप्टेम्बर २० मा संविधानको घोषणा भएपछि तराईको पश्मिी क्षेत्रमा र दक्षिण तराईमा लामो समयसम्म प्रदर्शनहरु भए, जुन कहिलेकाहीँ हिंसात्मक पनि भए ।

मधेसी तथा थारु समुदायहरुले नेपालको संविधानको विरोध गर्न प्रदर्शनहरुको आयोजना गरे, किनभने उनीहरुले यो संविधानले मधेसीहरुविरुद्ध भेदभाव गरेको र मधेसी, थारु तथा अन्य जनजातिहरुको माग तथा अधिकारसँग सम्बन्धित सवालहरुलाई सम्बोधन नगरेको तर्क गरे । प्रदर्शनहरु मुख्यगरी टिकापुर (कैलाली) , वीरगञ्ज, (पर्सा) जनकपुर (धनुषा) जलेश्वर (महोत्तरी) राजविराज, भारदह ( सप्तरी), रंगेली तथा डाइनिया –मोरङ) मा भए । तराईमा भएका प्रदर्शनहरु खासगरी दुई चरणमा विभाजन गर्न सकिन्छ, पहिलो चरणको प्रदर्शन सन् २०१५ को अगस्त १६ मा शुरु भयो  र दोस्रो चरणको प्रदर्शन २०१५ को सेप्टेम्बर २३ देखि २०१६ को फेब्रुअरीबीचको अवधिमा भयो ।

प्रदर्शनहरुको क्रममा  ३२ प्रदर्शनकारीहरु र नौजना सुरक्षाकर्मीहरुका साथै कम्तीमा ४९ जना मारिए । अन्य पीडितहरुको अवस्था अज्ञात रहेको छ । हिंसाको घटनाहरुमा प्रहरीहरुले प्रदर्शनकारी, दर्शक तथा केकेटीहरुविरुद्ध प्रयोग भएको   स्वेच्छाचारी र गैरअनुपातिक शक्ति प्रयोग  र गैरन्यायिक हत्याका घटना पनि सामेल छन् त्यसैगरी प्रहरीहरुको हत्याको घटना पनि हिंसाका घटनाहरुमा सामेल छन् ।

प्रदर्शनकारी तथा दर्शकहरुका विरुद्ध भएको शक्तिको अत्यधिक प्रयोगको सम्बन्धमा कुरा गर्दा ४१ प्रतिशत पीडितहरुलाई लक्ष्य गरी शक्ति प्रयोग गरिएको थियो । करीव ५६ प्रतिशत मृत्यु घटना प्रहरीले बजार तथा सर्वसाधारणको घरमा अन्धाधुन्द गोली प्रहार गरेबाट भएका थिए । कुटपीटका कारण तीन प्रतिशत मृत्युका घटनाहरु भएका थिए । मारिएका मध्ये ६ जना बालबालिकाहरु थिए । नागरिक समाजको प्रतिवेदनहरु अनुसार कुनै पनि पीडितहरुले कुनै किसिमको सुरक्षा चुनौती सिर्जना गरेको प्रमाण देखिदैन । प्रतिवेदनहरुले प्रदर्शनका क्रममा मारिएका नौजना प्रहरीहरुको घटना पनि समेटेको छ , जसमा अगस्त २४, २०१५ का दिन टिकापुरमा बाँसका लाठी तथा भाटाहरु बोकेका र अलग रहेको प्रदर्शनकारीहरुको एउटा समूहले क्रुरतापूर्वक आ.ठजना प्रहरीहरुलाई मारे । प्रहरीहरुले यी हत्याका घटनाहरुको छानविन गरेको र दोषीहरुविरुद्ध मुद्दा दायर गरेको समाचार छ ।

अझ हालसालको कुरा गर्दा सन् २०१७ को मार्च ६  का दिन  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नेकपा एमालेद्वारा सप्तरीको मलेठमा  गर्न लागिएको निर्वाचन रयालीको विरोध गरे । संविधानमा कुनै संशोधन नगरेको कारण संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले निर्वाचनको विरोध गरे । राजनीतिक दलका कार्यकर्ताहरु र ¥यालीमा खटिएका सुरक्षाकर्मीहरुबीच  हिंसात्मक भिडन्त हुँदा सुरक्षाकर्मीहरुले व्यक्तिहरुविरुद्ध लाठी प्रयोग गर्नुका साथै भीडमा अश्रू न्यास प्रहार गर्नुका साथै गोली पनि प्रहार गरे, जसकारण पाँचजनाको मृत्यु भयो भने दर्जनौ घाइते भए ।  चैत ५ का दिन संयुक्त राष्ट्र संघले बैशाख ३१ का  प्रस्तावित स्थानीय निर्वाचन नजिकिने घटनाकै क्रममा भएको बढ्दो तनाव तथा हिंसप्रति चिन्ता जाहेर गर्यो ।

उत्तरदायित्वको अभाव

प्रहरीले सन् २०१५ को अगस्त २४ का दिन टिकापुर हिंसामा मारिएका प्रहरीहरुको घटनाको सम्बन्धमा छानबिन गरेको छ र संदिग्ध व्यक्तिहरुका विरुद्ध मुद्दा दायर गरेको छ । तर नेपालको राष्ट्रिय मानव अधिकार आयोगले हिंसाका घटनाहरुमा मारिएका नागरिकहरुको घटनाहरुबारे छानबिन गर्न सरकारलाई सिफारिश गरे पनि सरकारले नागरिकहरुको हत्यासम्बन्धी घटनाहरुमा कुनै छानबिन गरेको छैन ।

सशस्त्र प्रहरी बलसम्बन्धी आन्तरिक नियमावलीले उत्तरदायित्वको सवालमा समस्या सिर्जना गरेको छ किनभने यो नियमावलीका कारण सशस्त्र प्रहरी बलका सदस्यहरुविरुद्ध सरकारको स्वीकृतिविना मुद्दा दायर गर्न सकिदैन । प्राप्त समाचारहरुका अनुसार धेरै पीडित परिवारहरुको जाहेरी दरखास्त दर्ता गर्ने अधिकारको उल्लंघन भएको छ । जाहेरी दरखास्त नेपालको फौजदारी न्याय प्रणालीमा घटनाको छानबिनमा पहिलो प्रक्रिया हो । जाहेरी दरखास्त दर्ता नभएको कारण धेरै पीडित परिवारले जाहेरी दरखास्त दर्ता गर्नका लागि अदालतमा परमादेशको रिट दर्ता गरे । चारवटा मुद्दामा अदालतले अधिकारीहरुलाई जाहेरी दरखास्त दर्ता गर्न, छानबिन गर्न र संकलित र स्थापित प्रमाणको आधारमा दोषीविरुद्ध मुद्दा चलाउनका लागि आदेश दिएको छ । सन् २०१५ र २०१६ बीचमा तराईमा भएका हिंसाको घटनामा छानबिन गर्नका लागि सन् २०१६ को अक्टोबरमा एउटा उच्च तहको छानबिन आयोग गठन भयो । यो आयोगको ६ महिनाको कार्यकाल २०१७ को अप्रिलमा समाप्त भयो तर यसको कार्यकल फेरि थपियो । सरकारले सप्तरीमा भएको हत्या घटनाहरुको छानबिन गनै २०१७ को मार्चमा एउटा तीन सदस्यीय छानबिन समिति गठन गर्यो र परिवारजन गुमाएका व्यक्तिलाई जनही १० लाख रुपियाँ दिने घोषणा गर्यो ।

 जुनमा हुने भनिएको दोस्रो चरणको निर्वाचनअघि सरकारले मधेस र थरुहट प्रदर्शनहरुलाई राजनीतिक आन्दोलनकोरुपमा स्वीकार गरेर प्रहरीहरुको हत्यामा संलग्न आरोपितहरु,  र टिकापुर घटनाको क्रममा तोडफोड र आगजनीको आरोपमा मुद्दा लगाइएका व्यक्तिहरुविरुद्धको मुद्दा फिर्ता गर्न विचार गरिरहेको समाचार आएको छ । यो खासमा चिन्ताको विषय हो किनभने सर्वोच्च अदालतले राजनीतिक आधारमा मुद्दा फिर्ता गर्ने निर्णयलाई बदर गरेको २०१६ को निर्णयको पूर्ण पाठ २०१७ को फेब्रुअरीमा प्रकाशित भइसकेको छ ।

शसस्त्र प्रहरी बललाई २०१५ को जुलाई ७ का दिन थप अधिकार दिइयो ।

शस्त्र प्रहरी बलको स्थापना २००१ मा भयो, जसको उद्देश्य कानून व्यवस्था कायम गर्न, विद्रोह नियन्त्रण गर्न तथा आतंकवादी क्रियाकलापहरुलाई नियन्त्रण गर्नु थियो । सशस्त्र प्रहरी बललाई दंगा तथा सार्वजनिक अशान्ति नियन्त्रण गर्ने कामका साथै प्रहरीसम्बन्धी विभिन्न काममा परिचालन गर्न सकिन्छ । नेपाल सरकारले २०१५ को जुलाई ७ सशस्त्र प्रहरी बललाई शक्ति प्रयोगका लागि थप अधिकार दियो, जसमा उत्तरदायित्व कम छ ।

सशस्त्र प्रहरी बलसम्बन्धी नियमावलीको दफा ५८ (३) मा उल्लेख छः यदि कुनै सशस्त्र प्रहरी बलका सदस्यलाई उसको कर्तव्य निर्वाह गर्नबाट अवरोध सिर्जना गरिन्छ वा उमाथि शारीरिक आक्रमण गरिन्छ भने उसले आफ्नो रक्षाको लागि, कानून तथा व्यवस्था कायम गर्न र आक्रमणकारीलाई पक्राउ गर्न को लागि आवश्यक र अन्तिम शक्ति प्रयोग गर्न सक्छ ।

दफा ५८ (४) अगाडि उल्लेख गर्दछः उसले आफ्नो कर्तव्य निर्वाह गर्नेक्रममा शक्ति प्रयोग गर्दा यदि कोही घाइते भयो वा मारिए भने सशस्त्र प्रहरी बलका सदस्यविरुद्ध नेपाल सरकारको सहमतिविना  कुनै मुद्दा दायर गरिने छैन ।

सन् २०१३ देखि २०१५ बीचमा भएका गैरन्यायिक हत्याका घटनाहरुः

रामसेवक धोवीको घटना

रामसेवक धोवी, २८, रुपन्देही जिल्लाको असुरैना गाविस वार्ड नं. ६ का बासिन्दा थिए । सन् २०१३ को अगस्त १२ का दिन उनलाई एक महिलालाई दुव्र्यवहार गरेको आरोपमा एक पुरुष र एक महिला प्रहरीले गिरफ्तार गरे र उनलाई मर्चवार इकाई प्रहरी कार्यालयमा लगियो । त्यही दिन उक्त प्रहरी कार्यालयबाट ५०० मिटरको दूरीमा उनको लाश फेला प¥यो । धोवीको टाउको, हात, कान, घाँटी तथा आँखीभौंमा मा थुप्रै घाउ चोटका निशानाहरु थिए । धोबीको नाकलाई थुन्नका लागि प्रयोग गरिएको प्लास्टिक ब्यागका टुक्राहरु सुकेका थिए र त्यसमा रगतका दागहरु थिए । यी प्रमाणहरुले धोबीलाई प्रहरी हिरासतमा रहँदा उनलाई कुटेर मारेको तर्फ इंगित गर्दछ ।

प्रहरीले धोवी जँडयाहा रहेको र उसको मृत्यु आफै डुबेर भएको भनी भ्रम फेलाए ।

माधो ताजपुरियाको घटनाः

माधो ताजपुरिया, ५७, मोरङ जिल्लाको सिजुवा गाविस वार्ड नं. ३ का बासिन्दा थिए । २०१४ को अक्टोबर २४ का दिन साँझ करीव ४ बजे ताजपुरिया, जो तिहार चाडको तेस्रो दिन गोवद्र्धन पूजा मनाइरहेका थिए, घरबाट बाहिर गए । उनलाई रक्सीको मात लागेका  सिजुवा इकाई प्रहरी कार्यालय, मोरङका प्रहरीहरुले पक्राउ गरे । उनलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय लगियो । ताजपुरियालाई दुःख नदिनको लागि गाउँका केही मानिसहरुको एउटा समूह त्यस प्रहरी कार्यालय पुगे तर प्रहरीले उनीहरुलाई त्यहाँबाट नगए ताजपुरियाजस्तै हालत हुने धम्की दिए ।

ताजपुरियाकी श्रीमतीले प्रहरीलाई आफ्ना श्रीमानलाई नकुट्न अनुनय विनय गरिन् तर प्रहरीले उनकी श्रीमतीलाई समेत पिटिन् । त्यस दिन साँझ प्रहरीले एताजपुरियालाई उनीहरुले खाएको थाल माझ्न आदेश दिए तर जब उनले त्यसो गर्न अस्वीकार गरे, तब प्रहरीले उनलाई बुट तथा लठ्ठीले कुटे । ताजपुरियाको प्रहरी हिरासतमा करीव साँझ ७ बजे मृत्यु भयो । प्रहरीले ताजपुरियाको मृत शरीरलाई कोशी अञ्चल अस्पताल पुर्याए र पोसटमार्टम रिपोर्टमा उनीहरुले चाहेको विवरण लेखाउन सफल भए र आफ्नो अपराध लुकाउन सफल भए । प्रहरीले ताजपुरियाका परिवारजनहरुलाई घूस दिएर दस्तावेजमा हस्ताक्षर गर्न लगाए । प्रहरीले ताजपुरियाको परिवारजनलाई प्रहरीमा जागिर दिने प्रलोभन पनि देखाए ।

वीरगञ्जमा सेप्टेम्बर १, २०१५ मा भएको घटनाः धर्मराज सिंह, दिनानाथ साह कलवार, जय प्रकाश साह, हिफाजत मिया अन्सारी तथा सोहन जी साह कलवारको घटनाः

सेप्टेम्बर १, २०१५ का दिन वीरगञ्जमा भएका चार पृथक घटनामा चारजना मारिए । धर्मराज सिंह पर्साको वीरगञ्जमा प्रदर्शनमा भाग लिनका लागि गाउँलेहरुसँग मिलेर वीरगञ्ज गैरहेका थिए । रामराज पुलनिर श्रीपुर प्रहरी कार्यालयका सात ए प्रहरीहरु त्यहाँ तैनाथ थिए । प्रहरीहरुलाई त्यहाँबाट भीड अगाडि नबढोस भन्नका लागि त्यहाँ तैनाथ गरिएको थियो । प्रदर्शनकारीहरु जब नारा लगाउँदै अगाडि बढ्दै थिए, तब एकजना प्रहरकिो खुट्टामा गोली लाग्यो । सिंहले घाइते व्यक्तिलाई बोकेर पुलतर्फ लगे । त्यसको पाँच मिनट पनि नपुग्दै सिंहलाई पनि गोली लाग्यो र उनको घटनास्थलमै मृत्यु भयो ।

वीरगञ्जमा भेला भएका प्रदर्शनकारीहरुले प्रहरीहरुविरुद्ध नारा लगाउँदै अगाडि बढ्दै जाँदा प्रहरीले तिनीहरुलाई लठ्ठी तथा अश्रुग्यास प्रहार गरे । जब प्रहरीले हवाई फायर गर्नुका साथै प्रदर्शनकारीहरुलाई लक्ष्य गरेर गोली हान्न थाले, तब सर्वसाधारणहरु भाग्न थाले । दिउँसो २ बजेतिर  दिनानाथ साह  कलवार तथा जयप्रकास शाह साइकलमा वीरगञ्जतर्फ गैरहेका थिए । जब तिनीहरु प्रतिमा चौकमा पुगे, गल्लीहरु सुनसान थिए र केवल सशस्त्र प्रहरीका सदस्यहरु सडकमा तैनाथ थिए । जब उनीहरु त्यहाँ के भएको भनेर जान्नको लागि साइकलबाट उत्रे, त्यतिबेला एक जना प्रहरीले “ठोक यिनीहरुलाई,” ” ठोक यिनीहरुलाई” भनी चिच्याए । ती दुई जना मानिस तिनीहरुको साइकल भएतर्फ पछाडिपट्टि भागे । सोही क्रममा दिनानाथ साहलाई देव्रे पाखुरामा गोली लाग्यो र जयप्रकाश साहलाई छातीमा गोली लाग्यो । गम्भीर घाइते भएका ती दुवैजना भुईमा लडे र पनि प्रहरीले उनीहरुलाई अस्पताल पुर्याएनन् । उनीहरुलाई पछि अस्पतालले मृत घोषणा गर्यो ।

त्यही क्रममा कलैया, बारालगायत विभिन्न जिल्लाहरुबाट आएका करीव ५० हजार प्रदर्शनकारीहरुले आफ्ना नेताहरुलाई प्रहरीले कुटेको देख्दा आक्रोसित भए । प्रहरीहरुको एउटा समूहले प्रदर्शनकारीहरुलाई खेदे र अन्धाधुन्ध गोली चलाए । त्यहीक्रममा हिफाजत मिया अन्सारीलाई गोली हान । चश्मदिदहरुका अनुसार अन्सारी जब भुईमा लडे तब प्रहरीहरुको एउटा समूहले उनलाई चारैतिरबाट घेरे र उनलाई छातीमा गोली हाने, जसबाट उनको तत्काल मृत्यु भयो ।

अर्को घटनामा मुसहर्वा गाउँबाट करीव चारहजार प्रदर्शनकारीहरु वीरगञ्जतर्फ आइरहेको बेला करीव एकसयजना प्रहरीहरुको समूहले उनीहरुलाई रोके । उनीहरुबीच भीडन्त भयो र प्रदर्शनकारीहरुले ढुंगा हान्न थाले भने सुरक्षाकमीहरुले अश्रुग्यास प्रहार गर्न थाले । एक प्रर्दशनकारीको पाखुरामा गोली लागेपछि प्रायः सबै प्रदर्शनकारीहरु तितरवितर हुन थाले । केही प्रदर्शनकारीहरु नजिकका होटलका भित्ताका पछाडि लुकिरहेका थिए र स्थिति साम्य हुने कुराको पर्खाइमा थिए । त्यहीबेला सोहन जी साह कलवारले प्रहरी अधिकारीहरु त्यहाँ छन कि छैनन् भन्ने कुरा पत्तस्या लगाउन हेर्न खोज्दा सशस्त्र प्रहरीका सदस्यहरुले उनकोृ आँखामा गोली हाने र उनको तत्काल मृत्यु भयो ।

रामकृष्ण राउतको घटनाः

सेप्टेम्बर ९, २०१५ का दिन रामकृष्ण राउत ११.३० बजे आफ्नो घरबाट बाहिर निस्के । उनले कुरा गरिरहेका चारजना मानिसको समूहसँग कुरा गर्न थाले । त्यही बेला नजिकै प्रदर्शनकारीहरु तथा सुरक्षाकर्मीहरुबीच झडप हुन थाल्यो । रामकृष्ण राउत तथा अन्य चारजनाले प्रहरीहरुले आफूहरुलाई लक्ष्य गरी प्रहार गर्न सक्ने ठानी एउटा घरतर्फ भागे । जुन बेला राउत त्यो घरमा पस्नै लागेका थिए, त्यहीबेला  सशस्त्र प्रहरीका एक सदस्यले उनलाई पिठ्युँमा गोली प्रहार गरे ।

रामविवेक यादवको घटनाः

रामविवेक यादव, २२, महोत्तरी जिल्लाको महोत्तरी गाउँ विकास समिति वार्ड नं. ५ का बासिन्दा थिए । उनी महोत्तरीका विद्यार्थी युनियनका जिल्ला सभापति थिए र उनी एउटा अंग्रेजी माध्यमबाट पढाइ हुने स्कूलमा शिक्षकको रुपमा कार्यरत पनि थिए ।

सेप्टेम्बर ९, २०१५ का दिन यादव संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको प्रदर्शनमा भाग लिन गए । उनी जिल्लाको सदरमुकार जलेश्वरमा रहेको जिल्ला प्रहरी कार्यालय,  नजिकको एउटा ठाउँबाट प्रर्दशन हेरिरहेका थिए । दिउँसो करीव ३.३० बजे प्रहरीहरुले प्रदर्शनकारीहरुलाई तितरवितर पार्नका लागि अश्रुग्यास प्रहार गर्न थाले । सबै मान्छे भाग्न थाले । यादव पनि भागन लाग्दा उनको खुट्टा एउटा ढुंगामा ठोक्किएका कारण उनी भुईमा लडे । प्रहरीले गोली हान्न थाले । उनको काखीमा दुईवटा गोली लागे । त्यसपछि उनलाई जलेश्वर जिल्ला अस्पताल पुर्याइयो, जहाँ उनलाई मृत घोषणा गरियो ।

नीतु यादवको घटनाः

मधेसी पार्टीहरुले आह्वानमा प्रदर्शनमा भाग लिनका लागि कर्फयूको वेवास्ता गर्दै सेप्टेम्बर ११, २०१५ का दिन धनुषा जिल्लाको जनकपुरमा झण्डै १०, ००० मानिस भेला भए प्रदर्शनकारीहरुले प्रहरीहरुमाथि ढुंगा हान्न थालेपछि प्रहरीहरुले विना पूर्व जानकारी अन्धाधुन्द गोली हान्न थाले । सोह्र वर्षीय बालक नीतु यादव दौडेर नजिकैको झाडीमा लुके । प्रहरीले जब उनलाई झाडीमा लुकेको देखे, तब उनीहरुले उनलाई कुट्न थाले र अन्त्यमा उनलाई टाउकोमा गोली हानेर मारे ।

चन्दन पटेलको घटनाः

चार वर्षीय चन्दन पटेल रुपन्देहीको गोनहा गाविसका बासिन्दा थिए र आफ्ना बाबुआमासँग पर्सामा बसिरहेककारा थिए । सेप्टेम्बर १५, २०१५ का दिन बेथरी चौकमा ४० जना व्यक्तिले गरिरहेको प्रदर्शनलाई साम्य पार्नका लागि प्रहरीहरुको एउटा समूहलाई तैनाथ गरिएको थियो । प्रहरीले सवारी साधनहरुलाई एस्कर्ट गरेर कटाउन थालेपछि प्रदर्शन हिंसात्मक हुनपुग्यो । प्रदर्शनकारीहरुको कार्यको जवाफमा १४–१५ राउण्ड अश्रु ग्यास प्रहार गरे । सोहीक्रममा केही प्रदर्शनकारीहरु बेथरीको उत्तरमा रहेको छपियातर्फ भागे भने केही प्रदर्शनकारीहरु बेथरी गाउँतर्फ भागे । साँझ करीव ५ बजेतिर करीव १५० सशस्त्र प्रहरीहरु त्यो स्थानमा आइपुगे र उनीहरुस्ले नेपाल प्रहरीका सदस्यहरुसँगै उनीहरुले तिनाउ पुलतर्फ अन्धाधुन्द गोली प्रहार गर्न थाले । ती प्रहरीहरुले प्रदर्शनकारीहरु तिनाउ पुलतर्फ भागेको हुनसक्ने ठानेर गोली हान्न थाले । चार वर्षीय चन्दन पटेल आफ्ना आमासँग बेथरी बजारमा रहेका थिए, त्यही बेला उनको टाउकोको  देव्रे साइडमा गोली लाग्यो । उनलाई भैरहवास्थित युनिभर्सल मेडिकल कलेज पुर्याइयो, तर अस्पतालले उनलाई मृत घोषणा गर्यो ।

दिलीप साहको घटनाः

नोभेम्बर २२, २०१५  का दिन सडकमा ठूलो संख्यामा प्रदर्शनकारीहरु भेला हुन थाले । उनकी ११ वर्षीया छोरी बाहिर के भइरहेको छ भन्न हेर्नको लागि आफ्नो बरण्डामा जान लागेकी छोरीलाई रोक्न खोजे, त्यही बेला दिलीप साहको निधारमा गोलीको छर्रा लाग्यो । जब पीडितका आफन्तहरु एम्बुलेन्स बोलाउन सिढीबाट तल उत्रन खोजे, प्रहरी अधिकारीहरुले उनीहरुलाई तल अउनबाट रोके र घरबाट बाहिर आए गोली हान्ने धम्की दिए । साहलाई पछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो, जहाँलाई मृत घोषणा गरियो ।

मोहम्मद साम्स तबरेजको घटनाः

मोहम्मद साम्स तबरेज, १६ रौतहटको तेजापकड गाविस वार्ड नम्बर ८ का बासिन्दा थिए र जुद्ध उच्च माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत थिए । डिसेम्बर २०, २०१५ का दिन तबरेज बीपी चौकस्थित भैरहेको शान्तिपूर्ण प्रदर्शनमा भाग लिइरहेका थिए । त्यसबेला उनलाई प्रहरीले गोली हान्नुका साथै कुटेर हत्या गरे ।  दिउँसोको करीव ३ बजेतिर केही प्रदर्शनकारीहरुले प्रहरीहरुमाथि ढुंगा हान्न थाले, र त्यसको प्रत्युत्तरमा प्रहरीले पनि प्रदर्शनकारीहरु माथि ढुंगा हान्न थाले । तबरेज, जो जिल्ला प्रहरी कार्यालयबाट १५० फिटको दूरीमा थिए, ले आफ्ना सहकर्मी विद्यार्थीहरुलाई प्रहरीमाथि ढुंगा नहान्नका लागि भनिरहेका थिए । त्यही बेला प्रहरीबाट हानिएको एउटा गोली तबरेजको कोखाको दायाँ भागमा लाग्यो । उनका सहकर्मी साथीहरुले तबरेजलाई अस्पताल पुर्याउन बोकेर लग्न थाले तर नौजना प्रहरीको एउटा समूहले उनीहरुलाई रोके । उनीहरुले तबरेजलाई अस्पताल पुर्याउन खोज्ने विद्यार्थीहरुलाई बन्दूकको कुन्दा तथा लठ्ठीले कुटेर खेदे । त्यसपछि प्रहरीले झण्डै २० मिनटसम्म तबरेजलाई हात, खुटा तथा बन्दुकको कुन्दाले हिर्काए । उनलाई अन्त्यमा जिल्ला अस्पताल पुर्याइयो, जहाँ उनलाई मृत घोषणा गरियो ।

मार्च ६, २०१७ का दिन भएको घटनामा परी मारिएका सन्जन मेहता, पिताम्बर मण्डल, आनन्द साह तथा बीरेन्द्र महतोको घटना सम्बन्धमा

सन् २०१५ को मार्च ६ का दिन नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका ५००० भन्दा बढी सुरक्षाकर्मीहरुले नेकपा एमालेले आफ्नो सभा गर्न लागेको मलेठको औद्योगिक नगरीलाई चारैतिरबाट घेरा हाले । सो स्थलमा एमालेका २००० कार्यकर्ताहरु भेला भएका थिए । प्रहरीहरुले प्रदर्शनकारीहरुलाई रोकेपछि हिंसात्मक भिडन्त भयो । प्रहरीले लाठी चार्ज गर्न थालेपछि दुई दर्जनभन्दा बढी प्रदर्शनकारीहरु तथा रमितृेहरु घाइते भए । प्रहरीले एक सय राउण्डभन्दा बढी अश्रु ग्यास पनि प्रहार गरे र पछि प्रदर्शनकारीहरुमाथि गोली पनि प्रहार गरे । पहिलो गोली आनन्द साहलाई लाग्यो । कानून कार्यान्वयन अधिकारीहरु त्यसपछि जोल्हरी चौकलतर्फ लागे र करीव १०–१५ मिनट अन्धाधुन्द गोली प्रहार गरे जसक्रममा नौजनाभन्दा बढी मानिस घाइते भए । बताइएअनुसार  सन्जन मेहतालाई प्रहरीले नियन्त्रणमा लिएपछि टाउकोमा गोली हाने । उनको घटनास्थलमा नै मृत्यु भयो । पिताम्बर मण्डल, आनन्द साह, वीरेन्द्र महतो र अर्को एकजना पनि घाइते भए । तिनीहरुको पछि मृत्यु भयो ।   लाश जाँच प्रतिवेदनहरुले पीडितहरुविरुद्ध प्रहरीले घातक गोली –ज्याकेटेड बुलेट) प्रहार गरेकोतर्फ संकेत गरेका छन् ।

नेपाली सुरक्षाकर्मीहरुद्वारा तराईमा शक्तिको अत्यधिक प्रयोग र गैर न्यायिक हत्याको शैलीमा  भएको घटना जसकारण झण्र्ड ४० जनाको हत्या भयो र दर्जनौं व्यक्ति घाइते भए, त्यस घटनाहरुको सन्दर्भमा हामी गम्भीर चिन्ता व्यक्त गर्दछौं ।

हामी  नेपालका कानून कार्यान्वयनकर्मीहरुद्वारा भएको भनिएको हातहतियारको प्रयोग तथा शक्तिको अत्यधिक प्रयोगले तराई क्षेत्रका अल्पसंख्यक जातीय समुदायप्रति लक्षित रहेको प्रति पनि हामी चिन्तित छौं, र हामी कानून कार्यान्वयनकर्मीहरु जसलाई प्रदर्शन दबाउन तथा अत्यन्त सार्वजनिक र  राजनीतिक महत्वका विषयहरुमा शाान्तिपूर्ण सभा गर्ने तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारको प्रयोग गर्न चाहने व्यक्तिहरु (जुन अधिकार अल्पसंख्यकलगायतका सबै व्यक्तिहरुलाई प्राप्त हुन्छ) का विरुद्धमा परिचालन गरिएको थियो, त्यसबारेमा पनि चिन्ता व्यक्त गर्दछौं । माथि उल्लेख गरिएका उल्लंघनका घटनाहरुमा दोषीलाई जिम्मेबार बनाउने कुरामा देखिएको कमजोरीमा पनि हामी चिन्ता व्यक्त गर्दछौं ।

हामी यी आरोपित घटनाहरुको सन्दर्भमा पहिले नै निक्र्यौलमा पुग्न चाहदैनौ तर प्रथम दृष्टिमा यी घटनाहरुले व्यक्तिहरुको जीवन र सुरक्षाको अधिकारको उल्लंघनका साथै अन्तर्राष्ट्रिय नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी प्रतिज्ञापत्र (आइसीसीपीआर) को धाराा ६ (१) १९ तथा २१ मा प्रत्याभूत गरिएको विचार तथा अभिव्यक्तिको स्वतन्त्रता तथा शान्तिपूर्ण भेला हुने स्वतन्त्रताको उल्लंघन गरेको देखिन्छ । यी कार्यहरुले राष्ट्रिय, जातीय, धाक तथा भाषिक अल्पसंख्यक व्यक्तिहरुको अधिकार सम्बन्धी घोषणापत्रको धारा १, २, तथा ४ को उल्लंघन गरेका छन् ।

माथि उल्लेख गरिएका घटना तथा चिन्ताहरुको सम्बन्धमा यसको अनुसूचीमा उल्लेख गरिएका अन्तर्राष्ट्रिय कानूनहरु जसमा अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी सन्धि तथा त्यससम्बन्धी मापदण्डहरु उल्लेख छन्, हेर्न आग्रह गर्दछौं ।

मानव अधिकारसम्बन्धी परिषद्ले दिएको म्यान्डेटअनुसार यो हाम्रो  हाम्रो जानकारीमा ल्याइएका सबै घटनाहरु स्पष्ट हुनु हाम्रो दायित्व हो। त्यसकारण तल उल्लेख भएका कुराहरुमा तपाईले आफ्नो कुराहरु उल्लेख गर्नुभए हामी कृतज्ञ हुने थियौं ।

१. के घटनाहरुको सारांशमा उल्लेख भएका तथ्यहरु साँचो हुन? कृपया यो पत्रमा उल्लेख भएका आरोपहरुमा तपाईसँग केही अतिरिक्त जानकारी वा टिप्पणी भए त्यो उल्लेख गर्नुहोला ।

२. कृपया सुरक्षाकर्मीहरुद्वारा भएको शक्तिको अत्यधिक प्रयोग र खासगरी माथि उल्लेख गरिएका हत्याहरुका सम्बन्धमा कुनै छानबिन भएको भए त्यसको पूर्ण जाानकारी उपलब्ध गराउनुहोला । आरोपित उल्लंघनकर्ताहरुका विरुद्ध दण्डात्मक, अनुशासनात्मक तथा प्रशासनिक दण्डहरु दिइएको छ कि छैन?

३. कृपया २०१५ तथा २०१६ का बीचमा तराईमा भएका घटनाहरुको छानबिन गर्न गठित उच्चस्तरीय छानबिन आयोग र सप्तरी घटनाको छानबिन गर्न गठित छानबिन समितिको छानबिनमा भएको प्रगतिहरुको विवरण उपलब्ध गराउनुहोला ।

४. कृपया पीडित तथा तिनका परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराइएको भए त्यो जानकारी पनि उपलब्ध गराउनुहोला ।

५. कृपया सन् २०१५को जुलाई ७ मा बनेको सशस्त्र प्रहरी बल सम्बन्धी नियमावालीलगायत नेपालका कानून कार्यान्वयन अधिकारीहरुका लागि शक्ति प्रयोग सम्बन्धमा बनेका नियमहरुको बारेमा उल्लेख गर्नुहोस् र ती नियमहरु कसरी शक्ति प्रयोगका सम्बन्धमा बनेका अन्तर्राष्ट्रिय मापदण्डहरुअनुकुल छन् भन्ने कुरा पनि उल्लेख गर्नुहोस् ।

६. कृपया अभिव्यक्ति स्वतन्त्रता तथा शान्तिपूर्ण भेला हुने स्वतन्त्रताको सम्मान गर्न के मापदण्डहरु अपनाइएका छन् र तराई क्षेत्रमा यी अधिकारको प्रयोग गर्नेहरुको लागि भौतिक तथा मनोवैज्ञानिक धम्कीबाट सुरक्षा प्रदान गर्न केही भएको छ कि छैन सो कुरा उल्लेख गर्नुहोस् ।

७. कृपया नेपाल सरकारले तराई क्षेत्रमा कार्यरत कानून कार्यान्वय अधिकारीहरुले जातीय अल्प संख्यकहरुको समानता तथा भेदभावविरुद्धको हक अधिकारको पूर्ण सम्मान गर्नेगरी आफ्नो कर्तव्य पालना गर्न गरेका छन् भन्ने प्रत्याभूत गर्न चालेका कदमहरुबारे उल्लेख गर्नुहोर्स र यसका साथै यी कदमहरुको प्रभावकारी अनुगमन कसरी भैरहेका छन् र उल्लंघनकर्ताहरुलाई कसरी दण्ड दिइएको छ भन्नेबारे पनि उल्लेख गर्नुहोस् ।

यी प्रश्नहरुको जवाफ ६० दिनभित्र पाउने आशा गर्दछौं ।

यी प्रश्नहरुको उत्तरको जवाफमा हामी प्रतिरक्षारत रहँदा हामी सबै पक्षलाई आरोपित उल्लंघनका घटनाहरुको पुनरावृति रोक्नका लागि आवश्यक सबै अन्तरिम कदमहरु चाल्नका लागि जोड दिन्छौं र यदि अनुसन्धानहरुले आरोपित घटनाहरु सत्य भएको प्रमाणित गरेमा दोषीहरुलाई जवाफदेही बनाउनका लागि पनि हामी जोड दिन्छौं ।

यो पत्र र महामहिमको सरकारको तर्फबाट उपलब्ध हुने जवाफ मानव अधिकार परिाषद्मा प्रस्तुत गरिने प्रतिवेदनमार्फत सार्वजनिक गरिनेछ ।

भवदीय

एग्नेस क्यालामार्ड

गैरन्यायिक वा स्वेच्छाचारी हत्यासम्बन्धी स्पेशल रयापोर्टर,

डेभिड के

विचार तथा अभिव्यक्ति स्वतन्त्रताको प्रबद्र्धन तथा प्रतिरक्षासम्बन्धी स्पेशल रयापोर्टर

एनालिसा सियाम्पी

शान्तिपूर्ण भेला हुने तथा सभा सम्मेलन गर्न पाउने अधिकारसम्बन्धी स्पेशल रयापोर्टर

रिता इज्स्याक–एन्डिये

अल्पसंख्यक मामिलासम्बन्धी स्पेशल रयापोर्टरको जनादेश (म्यान्डेट) 


जबाफका लागि तोकिएको ६० दिन बितेको दुई महिना भइसक्यो तर नेपाल सरकारले अहिलेसम्म त्यसको जवाफ दिएको छैन ।