#BackOffIndia

डिस्क्लेमर: नेपाली व्याकरणको लागि माफ गर्नु होला, १० कक्षा पछि पहिलो चोटी नेपाली लेख्ने जमर्को गर्दै छु; तपाई हास्न सक्नु भो भने, त्यो नै मेरो उपलब्धि हो!!

964580_10201330947451073_136237233_o
एक ट्वीटर आतंकवादी

बिहान उठे, नित्यकर्म अनुसार सब भन्दा पहिला ट्वीटर खोले, पुरै नेपाली ट्वीटराटि (ट्वीटर चलाउने जनता) जगत पुरै जलिरहेको थियो… हिजो सम्म एक ग्यांगले मधेश आन्दोलन हिंसाक भो, एस्लाई दमन गर्नु पर्छ भन्दै थिए, आज अचानक “#BackOffIndia” मा सम्पूर्ण नेपाली एक भएको देख्दा खुसी नै लग्यो.. एकछिन ओच्छ्यानमा पल्टेरै रमाइलो गरम भनेर म पनि यो ट्रेन्डमा सम्पूर्ण औलाको शक्ति खर्चिने निर्णय गरे| आखीर अर्ध-शतक पुग्न लागे पनि, ती मर्ने र मार्ने जनता नेपाली हुन्, कोहि मधेशी, कोहि पहाडी.. सब नेपाली, बीचमा भारतको के टाउको दुखाई, झनक्क झोक पो चलेर आयो त! हामी आफ्नो देशमा महिलालाई समान अधिकार दियुम कि नाई, दलित-जनजाती लाई उचित एफरमेटिव एकस्न वा पोजेटिव डिसक्रीमीनेसन दिम कि नदीम, भारतलाई के को चासो| अमेरिकाले स्वागत गरीसकेको संभीधान न हो यो त, हुन त अहिलेसम्म अंग्रेजीमा उल्था नै नभएको अवस्थामा कुन आधारमा अमेरिका ले समर्थन जनायो त्यता तिर बढी नसोचम| खैर, आज मैले सोची सकेको थिए के गर्नुछ, जागिर नपाएर भौतारीरहेको बेला जीवन ले एउटा उदेश्य पाएको थिए मैले आज, #BackOffIndia लाई विश्व ट्रेन्ड गराउने|

twitter
ट्वीटरको राष्ट्रिय चरा

 

येत्तिकै रुम्मलीदै अरु नित्यकर्म सके, म्यानपावरमा फोन घुमाए, साऊदीको भिसा आज पनि आएको रहेनछ| एकछिन नियाश्रो लग्यो, कतै भिसा नाउने पो हो कि? त्यत्रो ऋण लिएको छु| डराउदा-डराउदै, आज भारतलाई ट्वीटरमा गाली गर्नु पर्छ भन्ने अटुट डिटरमिनेसन का साथ, हिन्दि फिलिम हेर्दै ट्वीट गर्नु पर्ला सोचेर सेट-म्याकस च्यानल लगाए| सेट-म्याकस बाट सधै झैँ अपेक्ष गरेजस्तो, अमिताभको सुर्यवंसम आउदै थियो, यो सायद १००औ पटक हो मैले त्यो फिलिम हेरेको| मेरो माइक्रो-म्याक्स मोबाईलमा आफ्नो ट्वीटर को टि.एल. (टाईमलाईन) हेर्दै, ब्रिटानिया बिस्कुट, चिया र मार्लबोरो चुरोट खादै म पनि येसो २-४ वटा रस्त्रवादी ट्वीट ठोकौ भनेर टाउको कन्याउन लागे| झट्ट दिमागमा आइहाल्यो, हाम्रो देश नदि नालाको धनि, पख् सब नदि-नाला बन्द गर्दिने धम्कीपूर्ण ट्वीट गर्नुपर्यो भन्दै लेख्दिहाले, “धोति, हेर्दै जा अब के ले मुख धुदो रहेछस, सब खोला-नाला बन्द गर्दिन्छु!! बिर गोर्खाली, जय नेपाल, #BackOffIndia” ट्वीट सेअर मात्र के गर्न लागेको थिए, येसो सम्झे मोदीले “पानी और जवानी पहड़ो मे नही रहती” भन्दा ६०१ ले कम्ता टेबल ठोके थे| फेरि भारतले दक्षिन बाट बगेर आउने मनसुन रोक्दिने धम्कि दियो भने? यस्ता हावादारी धम्कि ले केहि हुदैन, सबलाई थाह छ, तैपनि मानविय भावना हुन्, कसैलाई येत्तिकै गाली गर्न मजा आऊछ धेरै लाई| हुन् त हो, जति उफ्रे पनि भारत बिना हाम्रो भात टर्दैन, तैपनि ट्वीटर त हो भनेर मैले ट्वीट गर्दिए.. ट्वीट के मात्र गरेको थिए, रि-ट्वीट का रि-ट्वीट हुन थाल्यो, एकछिन जीवन सफल भो भनेर खुसि भए| खासमा पाकिस्तान र बंगलादेश का भाईहरु ले रि-ट्वीट, फेव गर्दै मलाई फलो पनि गरे; खुसि लग्यो, जिन्नगी का केहि सहाना खुशीहरु! ईतिहास गजब छ, सन् १९७२ मा भारतको मधत ले पूर्वी पाकिस्तान, पश्चिमी पाकिस्तानको सैनिक दमन बाट छुटकारा पाई नयां देश बंगलादेश बनेको थियो, त्यति बेला नेपालले बंगलादेश लाई नयां राष्ट्रको रुपमा पहिचान गर्दा, पाकिस्तानीहरु कम रिसाएका थिएन्न नेपालीहरु संग | धन्न त्यत्ति खेर ट्वीटर थिएन, र आज यहि ट्वीटरले नेपाली, बंगलादेशी र पाकिस्तानी लाई साझा घृणा माथि आधारित सहकार्य गर्न प्लाटफर्म दिएको थियो| अचम्म!

सुर्यवंसम हेर्दै, ट्वीट गर्दै आजको दिन सफल हुने भो भनेर  मनमनै सन्तुस्ट नै थिए| नेपाली हु, गर्व लाग्छ आफ्नो देश को| कसैले केहि भन्दियो भने भित्रै बाट वीर-गोर्खाली जागेर आउने पराक्रमी रस्त्रवादी न हौ हामी त| हिजो मात्र एउटा पानी-पुरी वाला लाई हाम्रो ग्यांग को केटाहरुले मिलेर धम्क्याको थियो, “साला! धोति, ईनडिएन, २ वटा पानी-पुरी थप भन्दा नटेर्ने”| हाम्रो साथीहरुले त ठोकी दी हाले, सुरु मै तह लगाएन भने पछि टाउकोमा टेक्छन यी धोतिहरु| हुन त मलाई एस्तो गरेको त्यति मन पर्दैन, मैले, “केटा हो एस्तो नगरन” भनेर सानो स्वरले भनेकै हु र पानीपुरीवालाले “दाजु, हम नेपाली हु, नपिटीहाल्नुस” भन्दै आफ्नो नागरीकता पनि देखाएकै हो| नक्कली नागरीकता हो भन्दै केटाहरु झन् जाईलागे| बागलमा एकजना पुलिस दाजु रमिता हेर्दै हासी राख्नु भो, बरु केहि बटुवाले त्यो पानी-पुरीवालालाई जोगाए| एस्तो गर्नु ठिक हैन, तर केटाहरु आफ्नै परे, किन बेकारमा सानो कुरो ठुलो बनाउनु भनेर मैले त्यो पानी-पुरीवालालाई सम्झाउदै अर्ति-उपदेश दिए, आखिर सामाजीक सद्भाव बढाउन जो हेपिएको छ, त्यसलाई चुप लगाउनु नै सर्वोत्तम उपाय हो| कुरो सक्कियो! आज ईन्डिया ले त्यस्तो गरेको देख्दा कता-कता त्यो पानी-पुरीवाला माथि मलाई पनी अलि-अलि रीस उठी रहेको थियो, साँझ तिर गएर त्यो बजियालाई फेरि ठोक्नु पर्ला सोच्दै थिए|

दिनभर ट्वीट गर्दा, औंला नै थाक्यो! सांझा हुनलागि सकेको थियो, केटाहरु भेला हुने बेला हो, चोक तिर म पानी हुईकिए| चोकमा पुगेको मात्र के थिए, न्यास्रो लग्यो| कता-कता के-के नपुगेको जस्तो भान भो| केटाहरु मेरो ‘ईन्तजार’ गर्दै थिए| केटाहरु संग आज दिनभर ट्वीटर मा भारतलाई गाली गरेको कुरा सुनाए, विश्व भर “#BackOffIndia” ट्रेन्ड भएको खुस-खबरी सुनाए, सब दङ्ग!! झाप्पक्क साँझ परिसकेको थियो, चोक आझै नियास्रो थियो.. के नपुगेको जस्तो| एउटा ले भनिहाल्यो, “आज त्यो पानीपुरी वाला भएको भए टाईम पास हुन्थ्यो, खै कता मरेछ त्यो धोति मोरो!” बल्ल पो मलाई किन चोक नियास्रो लागेको भन्ने चेत खुल्यो| “ए सच्चि खै त्यो मोरो? कता गयो?”| अर्को ले थप्यो, “गयो होला नि आफ्नो देश, भारत, कति विदेश बसोस त्यो मोरो पनी”| यत्तिकै मा अर्कोले थप्यो, “अर्रे यार, कहाँ भारत जान्छ त्यो मोरो, उ महोत्तरी को पो हो त, एकचोटी मलाई भनेको थियो आफ्नो नाम, “रामविलास”, र मलाई “धोति-सोती नभन्नुस, रामविलास भन्नु” भनेको थियो, अनी भावुक भएर सोधेको पनी थियो, “तपाईहरु मलाई येति किन हेप्नु हुन्छ? म पनि मान्छे हो, नेपाली नै हो, छोड-छाड गरेर गईहाले भने पानी-पुरी कसले खोवाऊछ.. सोचीहाल्नुस दाई”, गफ होला भनेको त मोरो सच्चि गएछ| हिजो सम्म जसलाई हेरेर चिढ लाग्थ्यो, आज त्यसलाई नै ‘मिस’ गरेको जस्तो भएपनि, “जा सुकै जाओस त्यो धोति, उ नभएर चोक बरु शान्त छ” भनेर केटाहरु लाई गफ दिए|

राष्ट्रिय-अन्तराष्ट्रिय गफ गर्दै, विश्वका समस्याहरुको हल दिदै रात परेको पत्तो लागेन| घर तिर लग्नु पर्यो भनेर केटाहरु संग बिदा मांगे, बाटोमा सोच्दै फर्के, “दाउरा-सुरुवाल मात्र किन, धोति पानी राष्ट्रिय पोशाक भएको भए, धोति पनि राष्ट्रिय गौरव भएको भए, त्यो पानीपुरीवालाले आफ्नो पहिरनलाई रास्त्रियता संग जोड्न सक्थ्यो होला कि.. कता गयो होला त्यो मोरो, हामी जस्तै खाडी तिर लाग्ने हो कि?”

आमाले खान ठिक्क खान तयार पर्नु भएको रहेछ, खान बसे| “ओए काले, त्यो पानी पास गर” भन्दै भाई लाई थर्काए| आमाले धारे हात लगाउदै गाली पो गरीन, “त्यस्तो हेप्ने हैन है आफ्नो भाईलाई”| ठिकै छ, सानो भाई हो, चित्त दुखाऊला भनेर मैले झट्टै “सरी” भन्दिए| “सरी भनेर काहाँ हुन्छ दादा, मलाई चकलेट किन्नु पर्छ अब तपाईले” भन्दै लड़बडियो| मैले पनि हास्दै, “ल भोलि स्कुल जाने बेला किन्दिन्छु” भने| उ खुशी हुदै मलाई पानी दियो र हामी सबै संगै बसेर खान खायौ| त्यो रामविलास लाई पानी “सरी” भन्न पाए, चकलेट किनदिन पाए मनको ग्लानी मेटिनथ्यो कि होला भनेर सोच्दै ट्वीटर बन्द गरेर सुते!