खुसीका दिनहरू होइनन्!
- पतिराम यादव
मारेकाप्रति खुसी नमनाऊ!
उनिहरुका ऐक ऐक थोपा रगतले वीर जन्माउछन्।
उनका परिवार र समाजमा बदलाको भवाना जन्माउछ्।
उनका छोराछोरी आफै वीर हुन्छन्।
हामीलाई ‘त’ र ‘म’ मा बिभाजन नगर।
‘त’ र ‘म’ ले कहिले खुसी दिदैन।
न ‘त’ ले जित्छ, न त ‘म’ ले, जित भनेकै ‘उ’ को हुन्छ।
रगतले जन्मेको वीरता ‘त’ लाई कहिले मन पराउदैन्।
आखा चिम्लेर नबस समय धेरै आगाडि बढि सकेको हुन्छ।
समयलाई ‘त’ र ‘म’ ले जित्न सक्दैन।
मेरो स्वभिमानसग बन्दुकले नखेल यसले मेरो नि रगत उमाल्छ्।
उमलेको रगतले ‘म’ मात्र हेर्छ।
तेरो जित तबसम्म हुदैन् जबसम्म ‘म’ हुन्छु। ‘त’ र ‘म’ देशको लागि साप हो।
‘त’ र ‘म’ ले बोल्नुभन्दा पहिले सोच।
‘त’ र ‘म’ को बोलिले बिचमा पर्खाल बनाउछ् जुन ‘हामी’ लाई मन पर्दैन।
मलाई गालि नगर र मेरो समयमाथि नहास।
‘त’ लाई नि ‘म’ बनाउ।
‘त’ र ‘म’ ‘हामी’ बनौँ।
‘हामी’ ले हाम्रो स्वतन्रता, सार्वभैामिकता, भैागोलिक आखण्डता र राष्ट्रिय एकता जोगाउछ्।
The author Patiram Yadav can be reached via Twitter @patiramyadav