मत माग्नेलाई सोध्नुहोस् यी १३ प्रश्नहरु
-
संविधानमा दुई ठाउँमा खस आर्यको परिभाषा राख्नुभयो, मधेसी, थारु र जनजातिको परिभाषा किन अटाउन सकेन ?
-
सातवटा प्रदेशहरुमध्ये ६ वटामा खस आर्याहरुको बाहुल्यता र मुख्यमन्त्रीहरु हुने गरी प्रदेशको सिमाङ्कन किन गर्नुभयो ?
-
तराई-मधेश थरुहटलाई पाँच भागमा किन बिभाजन गर्नुभयो ?
-
कर्मचारी, सेना, सुरक्षा निकायलगायत अस्सी प्रतिशत प्रतिनिधित्व भएको खसआर्यलाई आरक्षण किन चाहियो ?
-
तपाईका पार्टीहरुको प्रधानमन्त्रीहरु हुँदा मधेसीलाई ताकी ताकी किन गोली हानियो?
-
दुर्त गतिमा संविधान निर्माण गर्ने नाउँमा मधेसी थारुलाई संविधान निर्माणबाट पर किन राख्यो?
-
हाम्रो घरमा लास र कालो दिवस भएको बेला तपाईले दिपावली कसरी मनाउनु भयो?
-
१५ लाख जनसंख्या हुने प्रदेशबाट राष्ट्रिय सभामा हुने ८ जना सांसद र हाम्रो ५४ लाख जनसंख्या भएको प्रदेशबाट पनि ८ जना सांसद किन?
-
संविधानको प्रस्तावनामा सबै आन्दोलनहरु राख्नुभयो, मधेस आन्दोलन किन अटाउन सकेन?
-
विदेशीसँग विवाह गर्ने महिलाको हकमा लैंगिक विभेद हुने गरी तिनका सन्तानले अंगिकृत नागरिकता पाउने प्रावधान किन राखेको ?
-
न्यायपालिकामा न्यायाधीश नियुक्तिमा वा न्यायपालिकाको कुनै पनि कार्यमा प्रादेशिक सरकारको कुनै भू्मिका नदिनुको कारण के हो ?
-
राज्यको सबै निकायमा समावेशी हुने हो भने न्यायालयको भागमा समावेशी किन नराखेको ? के न्यायापालिका राज्यको अंग होइन ? हो भने किन समावेशीवाट किन अछुतो राखेको?
-
सबै पार्टी मिलिभगत गरी संविधान संवोधन प्रस्ताव किन फेल गर्नुभयो?