मधेशका मुद्दाहरु पहाडका पनि हुन्

हजारौं नेपलिझै म पनि “पर्सुट अफ अमेरिकन ड्रीम” पर्सीयु गरिरहेको मान्छे, नेपाल नगएको जुग भएर साथि-भाईको नाम अनि आफ्नो टोलको नक्सा बिर्सिसकेको मान्छे। म एउटा राष्ट्रवादबिरोधि मान्छे, एउटा ग्लोबल सिटीजन। मेरो लागि नेपाल भनेको झण्डा होइन, रास्ट्रीय गान पनि होइन। मेरो लागि नेपाल भनेको त्यहाँका मान्छे हुन्, र त्यस हिसाबले नेपाली जनताको हक-अधिकार सुनिश्चित गर्ने संविधान मेरो लागि एकदम महत्वपूर्ण छ।

नयाँ संविधान अन्तत: आयो, अलिकति आशा अलिकति निराशा बोकेर। केहि जनताले दीप बाले, केहिले संविधान। मैले केहि बालिन, बरु संविधानको अंग्रेजी अनुवाद पढें।

मधेशका मागहरु मलाई पहिले देखि थाह थियो, तर अक्षरत संविधान पढेपछि स्थितिको गम्भीरता अलि बढी बोध भयो। त्यसपछि अलि अध्यन गरे, नेता/बिशेसज्ञहरुको बिचार पढें/सुने अनि (झन्) लग्यो कि मधेशका मागहरु जायज छन्। मधेशी नेताहरुका सबै मागहरु जायज नहोलान, तर मधेशका मागहरु जायज छन। हुन त म नेपालको भू-राजनीति राम्ररी नबुझ्ने मान्छे, तर किन त्यति हतारमा संविधान ल्यायियो? यदी मधेशी नेताहरुको मागहरु नाजयाज थिए भने सरकारबाट  किन राष्ट्रलाइ सम्बोधान गरेर त्येसो भनिएन त? त्यति धेरै नेपालीले केका लागि ज्यान गुमाए?

मधेशका जनता भटाभट मरिरहदा आँप झरेको संज्ञा दिने व्यक्ति आहिले प्रधानमन्त्री भएका छन्, त्यो पनि कमल थापालाई  टाउकोमा बोकेर। ज्ञानेन्द्र सरकारको प्रतक्ष्य शासनकालमा जानआन्दोलन दमन गरिबक्सिनी माहापुरुषलाई गणतन्त्र नेपालको उप-प्रधानमन्त्री बनाउन कसले आधिकार दियो ओलीजी लाई? भावनालाई कुल्चीएर अंकको आडमा गरिएको यहि नाङ्गो नाचको नाम हो लोकतन्त्र?

मधेशी र थारुका मसिहा बनेर हिन्ने बिजय गच्छदारजीले पनि उप-प्रधानमन्त्री पड्काउनु भएछ। यती नै गर्नु थियो त के खान सिंहदर्बारबाट आँशु झरेर हिनेको? आन्दोलनरत जनतालाई त्यसरी अपमानित गर्नीले देको ललिपप किन लिनुभो? देशलाइ निकाश नै दिनु थ्यो त आठ बूंदे सहमति गरेर सरकार बाहिर बस्न सक्नु हुन्थ्यो। त्यसले तपाइको कध अलि बढ्ने थ्यो नेपाली जनता सामु।  मैले व्यक्तिगत रुपमा नाचिने नि विचार सुनेर मन पराएको नेता थिए जितेन्द्र नारायण देब, फोरम लोकतान्त्रिक कै। अब मसिहाजी उप-प्रधानमन्त्री बनेको खबर पछि धेरै नेता/कार्यकर्ताले पार्टी छोडेको सुनियो, तर वहाँले पार्टी छोड्ने सुनियेन। बरु मन्त्रि बन्नी कुरा सुन्छु। जितेन्द्र दाइ येही हो मधेशको माग? कसैले चिन्या छ भने कृपया मेरो प्रश्न सोधिदिनुस होला। अनि मधेशबादी दलहरु पनि कुन्नि केको लोभ वा त्रासले मतदान गर्न आएछन। यो सब खबर सुनेर मैले बेनिफिट अफ डाउट दिएर बनाएको नेपाली राजनीतिको छबि चर्ल्याम-चुर्लुम भयो, घीन लगेर आयो। मेरो मुख बाट निस्केका शब्दहरु यो लेखमा राख्न मिल्दैनन।

छिमेकमा खसी काटेर भाग लगाए झैं आहिले सरकारका प्रमुख पदहरु भाग लगाँइदैछ। ओलीजी र प्रचण्डजीले ह्याकुल्लो पाउनु भो, महापुरुषजी र मसिहाजीले पनि राम्रै भाग पाउनु भो, साना-तिनाले खुट्टी-सुट्टी पाउलान, अनि मधेशबादी दलहरुले नि पाउछन राम्रै। सबैले समानुपातिक रुपमा नपाए कहाँ हुन्छ लोकतन्त्र? अनि नेपाली जनताले पाउछन साम्प्रदाइक्ता, कुशासन र बिदेशी हस्तछेप।

अहिले मधेशी र पहाडी बीचको दूरी बढ्दो छ, भौतिक दूरी होइन कि मनको दूरी। धरानबासि फुपुको अनुशार बिराटनगर जान गारो छ रे, काठमाडौँबासि एक साथिको अनुसार मधेशको पक्ष्यमा बोल्न नि गारो छ रे।

यी सब रे का कुरा पत्त्यौनु हुन्न भन्नि थाह छ, तर फेरी याद आउछ कि नेपाल “रे” कै कुराले चल्छ।

#

यो सब भए राजनीतिका कुरा जुन म पुरै बुझ्दिन। मैले गूगल ट्रान्सलेटर र युनिकोडको सहाराले कनिकुथी नेपालीमा लेख्न खोज्नु को कारण अर्कै छ। येही वेबसाइटमा मनोज साहको “मधेशको माग सम्मान” शिर्षकको लेख पढ्ने मौका पाए, सारै मार्मिक र यथार्थपरक लाग्यो । केहि नलेखी बस्नै सकिन।

मधेशको माग सम्मान नै हो, र यो एकदम जायज छ। तर एसका दुइटा पाटा  छन्: पहिलो त राज्य ले दिने सम्मान, जुन अब धेरै टाढा छैन। दोश्रो अलिक कठिन छ, जुन हो समाजले दिने सम्मान। पहिलो भए पछि दोस्रो स्वत: हुदै जान्छ। बिस्तारै हुन्छ तर हुन्छ जरुर। हिन्दिमा भन्छन नि “देर आए पर दुरुस्त आए”, हो त्यस्तै।

आज सम्म मधेसी पडाही मिलेर बसेका थिए, तर असमान रुपमा, ठुल्दाई र सानेको रुपमा, शोषक र शोषितको रुपमा। तर अब त्यो बदलिनुपर्छ, र हामी समान भएर मिलेर बस्नु पर्छ।

संविधानमा जे सुकै लेखे पनि आजको भोलि नै सबै कुरा बदलिनेवाला त छैन, तर त्येसले राम्रो सुरुवात हुन्छ। माथिको वाक्य लेख्दा म्याकलमोरको एउटा गीत याद आयो सेम लभ भन्नि।

साहजीले भनेझैँ काठमाडौँका  युवाहरुले भारतीय राजदूताबासमा जुन सृजनात्मक ढंगले बिरोध जनाए, त्येस्तै सिर्जना र उर्जा यदी सरकारलाई मधेशको मुद्दा सुल्झाउन दबाब दिन प्रयोग गरेको भए आज अर्कै हुन्थ्यो होला। त्यो बिरोध किन गरे त सबलाइ थाह छ। ठिकै हो, त्यसमा नराम्रो छैन केहि। तर आर्को बिरोध किन भएन त काठमाडौँमा? यसका दुइटा कारण छन्। पहिलो त पहाड/काठमाडौँ मधेशको मुद्दामा पुरै अनभिज्ञ छ, यहाँ राजनैतिक चेतनाको कमि छ। सबै भन्या होइन, तर अधिकांश (मेरो अनुभव अनुसार)। जबसम्म आफुलाइ पर्दैन तबसम्म मानिसमा चेतनाको विकास बिरलै हुन्छ। अर्को कारण के हो भने पहाडले मधेशलाइ अझै आफ्नो मान्न सकेको छैन। सुन्नमा अलि नराम्रो सुनिन्छ, तर सत्य तेही हो। पहाडीहरु प्रशान्त तामांगहरुले  भारतिय च्यानेलमा हिन्दि गीत गाएर एउटा कम्पिटिसन जितेको कारण मध्य रात जुलुस निकाल्छन, तर प्रशान्त झाहरुको  कुरा मनन गर्न तयार हुदैनन्। यो ठुलो समस्या हो। मैले व्यक्तिगत रुपमा भन्या होइन, किन भने धेरै पहाडी-मधेसीको व्यक्तिगत रुपमा राम्रो सम्बन्ध हुन्छ, कतिको बिहेबारी पनि हुन्छ। मैले सामाजिक मनोविज्ञानको कुरा गर्या- पहाडले मधेशलाइ अझै पराइ सम्झिन्छ।

पहाडका मानिस आफैमा दुस्ट होइनन, कहिँका पनि हुदैनन्। यो त फगत हाम्रो पुरानो राज्य व्यवस्थाको उपज हो। शाहकाल, राणाकाल हुदै पंचायतकाल सम्म पनि मधेश नेपालको आन्तरिक उपनिवेश रह्यो। र हाम्रा आमा बाबुका पिढीले तेही सिकेर हुर्के र हाम्रो पिढीमा पनि तेस्को प्रभाब छ।

मधेसीहरुको अहिलेको पहिचानको इच्छ्यालाइ धेरैले नेपाली हुन नचाहेको भनेर बुझछन, कतिले त भारतिय हुन खोजेको पनि भन्छन। नेपाल भनेको ढाका टोपी लगाउने, नेपाली भाषा बोल्नेहरुको मात्र हो भन्ने विचार नराम्रोसंग गाडिएको छ समाजमा।

कति ठाउँमा कुतर्क गरेर मधेसी पहिचानको मागलाइ धमिल्याउने कोशिश पनि भैरहेको छ। केहि दिन अघि एक साथीले ट्वीटरमा लेखिन “म मधेशमा जन्मे, हुर्के, पढे. के म मधेसी होइन?” लेख्न मन लाग्याथ्यो “के तिमीलाई हृतिक रोह्सन काण्डमा लुक्नु/भाग्नु पर्याथ्यो?” तर लेखिन। यदि मधेशमा बस्ने सब समान भएको भए यो स्थिति आउने थिएन। नेपाली समाजमा विभेद छैन भन्नु बालुवामा टाउको गाड्नु जस्तै हो।

पहाडी समाजले अलिहे के बुझ्न जरुरि छ भने अब इन्द्रेको बाउ चन्द्रे नै आए पनि मधेसी तथा अरु उत्पीडित वर्गलाइ पेलेर राख्न सम्भव छैन। त्येसको कोशिस भयो भने समाज द्वन्द र बिखन्डन तिर धकेलिन्छ, जुन कसैको हितमा छैन। राजनीतिक परिवर्तन भलै युवाहरुको हातमा नहोला, तर सामाजिक परिवर्तन अवस्य छ।

यो येति गारो कुरो पनि होइन- सबैलाई सम्मान गरौ, सबैबाट सम्मान पाउँ। पढेलेखेका छोरा-छोरीका कुरा बाउ-आमाले सुन्छन, र उनीहरुलाई सम्मान र समानताको बारेमा सम्झाउने बेला अईले हो। मधेशको मुद्दा पहाडको पनि हुनु पर्छ, र हो पनि। एक तिर दिपावली हुदा अर्को तिर आंधाकर हुन हुन्न।

फेरी सबै पहाडी पुर्बग्राही छन् भन्या जस्तो सुनिएला, मेरो हेतु त्यो हैन।

अस्ति घरमा कुरा गर्दा ममीले दालको भाउले आकाश छोएको सुनाउनु भो, दिदिले छतमा दाउरा बालेर चिया पकाएको सुनाइ। मैले सम्झाउने कोशिश गरे कि अलिक दिन को सकाश सहनु, देशको लागि भैराहो भनेर। “खै बाबु, के हो के” ममी आस्वस्त हुनु भएन।

ममीले संविधान पढ्नुभा छैन, र पढ्नु होला जस्तो पनि लाग्दैन। तर मैले सम्झाए, जबसम्म सम्झनु हुन्न तब सम्म सम्झाउछु।

साहजीको होटेल अगाडीको पसलको अनुभव सुनेर दुःख लाग्यो, तर मैले त्येस्तो धेरै देख्या छु। कति पटक तेस्को बिरुद्ध बोलेको छु, कति पटक छैन। नेपालमा छालाको रंग हेरेर र बोलिको उच्चारण सुनेर व्यवहार गरिन्छ, नेपालमा मात्रै होइन धेरै ठाउँमा तेस्तो हुन्छ। जहाँ पनि हुन्छ गलत त गलतै हो। जातियता, वा रेसिजम भनौ, अज्ञान र असिक्क्षाको कारण ले हुन्छ। र हामी एउटा असिक्षित समाजका सन्तान हौँ , पहाड-मधेश-हिमाल जहाँका भए पनि। तर समाज सिक्षित हुदै गए पछि यो पनि हट्दै जाने छ। अब अलिकति अज्ञानी त सधैं  हुनेछन – नेपाल, भारत, अमेरिका जहाँ पनि, आलुको बोरामा एक दुइटा कुहिएका आलु झैं। कुहिएका एउटा आलुले पुरै बोरा बिगार्छ , तर एक दुइ अज्ञानीले पुरै समाज बिगार्न सक्दैनन। किनभने आलुले सोच्न सक्दैन, तर हामी सक्छौँ।

अहिले सोच्ने समय हो, राम्ररी सोचौं। नेपालमा ब्याप्त विभेदलाइ, सामाजिक कुरीतिहरुलाइ नियालौं, तिनका बारेमा कुरा गरौँ, र समाधान तिर जाउँ।                               

आशा छ छिट्टै मधेसी एबं अरु उत्पीडित वर्गहरुले स-सम्मान आ-आफ्नो अधिकार सुरक्षित गर्नेछन। नेपाली जनताको भलो होस् !!

[The featured image is courtesy of Kullabs.com, “Unity in Diversity“]

Suyog Bir Singh

Suyog Bir Singh can be reached via twitter @suyogbirsingh